98
Shares
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा डलरको बिक्रीदर ३ पैसा बढेको हो। सोमबार डलरको बिक्रीदर १५० रुपैयाँ ५६ पैसा थियो । युरोपियन युरोको बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा र बेलायती पाउन्डको २०२ रुपैयाँ ७ पैसा कायम गरिएको छ ।
विनिमयदर जुनसुकै समयमा परिवर्तन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकअनुसार वास्तविक कारोबार दर भने फरक हुन सक्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया