सिरिया–जोर्डनबीच ११ सहमति, आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई राहत दिने तयारी

91 Shares

सिरिया र जोर्डनले आपसी सम्बन्ध सुधार तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले ११ वटा सम्झौता गरेका छन् । सोमबार दमास्कसमा भएको उच्चस्तरीय बैठकमा लगानी, हवाई सेवा, खाद्य सुरक्षा, जलस्रोत र रेलमार्ग निर्माणलगायत विषयमा सहमति जुटेको हो ।

गत अक्टोबर २६ मा जोर्डनले सिरियाली क्षेत्रमा गरेको हवाई आक्रमणमा सात सर्वसाधारणको मृत्यु भएको घटनाबारे दुवै देशले संयुक्त रूपमा छानबिन गरिरहेका छन् । घटनामा तीन बालबालिकासमेत मारिएका थिए । 


जोर्डनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री ऐमन सफादीले मृतकका परिवारप्रति दुःख व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । ११ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध थप सुधार हुने अपेक्षा गरिएको छ ।