अर्जेन्टिना पुगे पोप लियो चौधौँ, ३९ वर्षपछि पोपको ऐतिहासिक भ्रमण

105 Shares


पोप लियो चौधौँ आइतबार अर्जेन्टिना पुग्नुभएको छ। उहाँलाई राजधानी ब्युनस आयर्सस्थित विमानस्थलमा राष्ट्रपति जाभियर मिलेईले स्वागत गर्नुभएको थियो । पोपको यो भ्रमण सन् १९८७ पछि पहिलो पटक अर्जेन्टिनामा भएको पोपस्तरीय भ्रमण हो। यसअघि सन् १९८७ मा पोप जोन पल द्वितीय अर्जेन्टिना पुग्नुभएको थियो ।

अर्जेन्टिना भ्रमणका क्रममा पोप लियोले राष्ट्रपति मिलेईसँग भेटवार्ता गर्नुभएको छ । भेटमा लोकतन्त्रको संरक्षण, राजनीतिक सहिष्णुता र नागरिकबीच संवादको महत्वबारे उहाँले जोड दिनुभएको छ ।

उहाँले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार राख्ने व्यक्तिलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो । साथै अर्थतन्त्रको केन्द्रमा नागरिकको हित हुनुपर्ने र आर्थिक गतिविधिले सर्वसाधारणको जीवनस्तर सुधार्नुपर्ने धारणा राख्नुभयो ।

पोप लियो नोभेम्बर ११ सम्म अर्जेन्टिनामा रहनुहुनेछ । यस क्रममा उहाँले ब्युनस आयर्स, कोर्डोबा र लुहानलगायत स्थानमा धार्मिक कार्यक्रम तथा विभिन्न समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।