धनु
साप्ताहिक राशिफल भदाै १४–२०, २०८३
प्रारम्भमा काम बन्नेछ। तर घरेलु समस्या र पुरानाे वादविवाद सुल्झाउन जुट्नुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा लिन सकिनेछ। असम्भव काममा समेत युक्तिले सफलता दिलाउन सक्छ। मंगलवारपछि स्थिति अनुकूल बन्नाले केही अवसर प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। सप्ताहान्तमा शत्रुपक्षलाई हराउन सकिनेछ। लगनशीलताले धेरै काम सम्पादन हुनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुहोला, दिगो योजना पूर्ण हुनेछ।