इजिप्टमा रेल दुर्घटना, ७ जनाको मृत्यु, ११२ घाइते

83 Shares


इजिप्टको राजधानी कायरोदेखि दक्षिणतर्फ गिजा प्रान्तको अल–अय्यात क्षेत्रमा दुई यात्रुवाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

आइतबार भएको दुर्घटनामा गिजाबाट फायुमतर्फ जाँदै गरेको रेलले कायरोबाट अस्वानतर्फ गइरहेको रेललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करका कारण रेलका केही डिब्बा लिकबाट बाहिरिएका थिए । दुर्घटनापछि उद्धार टोलीले घाइतेलाई अस्पताल पु¥याएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले घटनाको तत्काल अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन सरकारी अभियोजन कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ ।