विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि विदेशी गुप्तचर गतिविधिसँग सम्बन्धित विषयमा कम्पनीको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान सुरु गरेको छ ।
अमेरिकी गुप्तचर निकायले चिनियाँ व्यवसायी एलिस हुआङमार्फत एनभिडियाका प्रमुखबाट कम्पनीसम्बन्धी गोप्य सूचना संकलन गर्ने प्रयास भएको आशंका गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एलिससँग जेन्सेनको व्यक्तिगत सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो । एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र निर्देशक र बाह्य कानुनी सल्लाहकारको सहयोगमा अनुसन्धान गर्ने जनाएको छ । हुआङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
६३ वर्षीय हुआङले आफ्ना कर्मचारीलाई पठाएको सन्देशमा पत्नीप्रति बेइमान भएको स्वीकार गर्दै परिवार र सहकर्मीसँग माफी माग्नुभएको छ । उहाँले अनुसन्धान भइरहँदा पनि एनभिडियाको नेतृत्वलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया