रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

8 Shares

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८औँ बैठकले स्वदेशी र विदेशी गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरेको हो ।

समितिका अनुसार ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकलाई मृत्युको घोषणा गर्न सिफारिस गरिएको छ ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने व्यवस्था छ ।

यसअघि नेपाली नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो । विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीमाथि दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।