स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुँदैनः अमरेशकुमार सिंह

8 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताको पक्षमा आफू रहेको बताउनुभएको छ ।

मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुग्नुभएका उहाँले बिहीवार यस्तो बताउनुभएको हो । सरकारले पत्रकारहरुलाई सञ्चार गृहबाटै पक्राउ गरिएको प्रकरणबारे सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गर्नुभएको हो । उहाँले स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुन नसक्ने उहाँको भनाइ छ । आफू सधैँ लोकतन्त्र, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पदयात्रा हाम्रो देशमा कुनैपनि किसिमको द्वन्द्व हुनुहुँदैन भनेर हो । ६ वटा सको सिद्धान्तअनुसार म अघि बढिरहेको छु । धानको सरकारले तोकेको मूल्य पाइरहेका छैनन् । तरकारीको मूल्य पाइरहेका छैनन् । म लोकतन्त्रप्रति प्रतिवद्ध छु । लोकतन्त्रको पिल्लन नै फ्रिडम प्रेस हो । फ्रिडम अफ प्रेस बिना लोकतन्त्र सुदृढ हुन सक्दैन । लोकतन्त्र, मानव अधिकार, कानूनको शासन, स्वतन्त्र पत्रकारितामा म छु । ’

सांसद सिंहले आफ्नो पदयात्रा देशमा कुनै पनि किसिमको द्वन्द्व नहोस् भन्ने हेतुले रहेको बताउनुभयो । उहाँले किसानले आफ्नो वस्तुको उचित मूल्य समयमै पाउनुपर्ने बताउनुभयो ।