कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूको धारणा राख्ने क्रम जारी, शुक्रबार फेरि बस्ने

8 Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा केन्द्रिय समिति सदस्यहरु धारणा राख्ने क्रम जारी छ ।

मंगलवारदेखि जारी बैठकमा एजेण्डामाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम बिहीवार पनि जारी रहेको पार्टीका केन्द्रिय सदस्य सुशील भट्टले बताउनुभयो । उहाँकाअनुसार बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् ।

उहाँले पार्टीको १५ महाधिवेशनबाट पारित दस्तावेजअनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेण्डा बनाउने भन्ने विषयमा समेत नेताहरु ले धारणा व्यक्त गरिरहनुभएको बताउनुभयो । उहाँले बैठक शुक्रवार पनि निरन्तर चल्ने जानकारी दिनुभयो । शुक्रवार बैठकले पार्टीको अगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे उचित निर्णय लिने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले चार पाँच वटा एजेण्डामा त बैठकको पहिलो दिनदेखि नै छलफल गर्दै आइरहेका छौँ । एउटा, नेपाली काँग्रेसले यही मंसिरको १५ गतेदेखि सञ्चालन गर्न लागिरहेको हामी तयार छौँ अभियानको बारेमा, अर्को सुकुम्बासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको सवाल लगायतका विषयवस्तुमा नेताहरु धारणा राखिरहनुभएको छ । अनि नेपाली समाजको विषयलाई कसरी नेपाली काँग्रेसको विषय बनाउन सकिन्छ रु भनेर विभिन्न भूगोलबाट आउनुभएका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा व्यक्त गरिरहनुभएको छ । यो बैठक भोलि पनि निरन्तर चल्नेछ । हामीले महाधिवेशनमा समाजको आवाज काँग्रेसको आवाज बनाउने भनेर जुन कुरा गरेका थियौँँ । सोहीअनुसार एउटा निष्कर्ष निकाल्ने तर्फ छलफल भइरहेको छ ।’

उहाँले सानेपास्थित पार्टी कार्यालय नै पार्टीभित्रका विवादमाथि छलफल गर्न पर्याप्त ठाउँ रहेको भन्दै काँग्रेस फुट्नुभन्दा जुट्न आवश्यक रहेको समेत बताउनुभयो ।