मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच हवाई सेवा सञ्चालन गर्न तथा भारतीय नम्बर प्लेटका सवारीसाधनलाई २४ घण्टासम्म भन्सार छुट दिन आग्रह गर्नुभएको छ ।
अयोध्याबाट जनकपुरधाम आइपुगेको सरयू–कमला एक्सप्रेसका यात्रुको स्वागत कार्यक्रममा उहाँले दुई धार्मिक सहरबीच आवागमन सहज बनाउन यस्तो व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री यादवले भारतीय पर्यटकलाई आफ्नै गाडीमा जनकपुर आउन सहज बनाउन भन्सार सुविधा दिनुपर्ने र बन्द रहेका छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने मागसमेत गर्नुभयो ।
उहाँले हवाई सेवा र सहज सीमा आवागमनले धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया