बर्दिया–१ मा रास्वपाका ठाकुर सिंह थारु विजयी, एमालेका अधिकारी ३४ हजार मतले पछि

150 Shares

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ठाकुर सिंह थारु निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो। अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाली कांग्रेसका सन्जय कुमार गौतमले १२ हजार ७ सय २२ मत, नेपाल कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूमा नागरिक उन्मुक्ति पार्टी नेपालका अब्दुल खानले ५ हजार ७२४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विरबहादुर कामीले १ हजार ३४४ मत प्राप्त गर्दै पराजित भएका छन्।