काठमाडौं । सुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले सहयोग गरेका छन् ।
व्यवसायीले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी मर्फात बाढी उद्धार कोषमा ८ लाख ५४ हजार ३ सय सहयोग गरेका हुन् । रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले उक्त रकम उपलब्ध गराएका हुन् ।
रकम बुझ्दै मन्त्री चौधरीले विपद्को कठिन समयमा राहत तथा पुन:स्थापनाका लागि सहयोग गर्ने कृषि व्यवसायीप्रति धन्यवाद व्यक्त दिएकी थिएन् । चौधरीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको साथमा सरकार रहेको उल्लेख गर्दै राहत, उद्धार तथा पुन:स्थापनाका कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।
यसअघि पनि पनि उनीहरुले भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया