बाजुरामा खोलाले बगाएका किशोर मृत फेला

13 Shares

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन् ।

बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३ का अनुज सिंह मृत फेला परेका हुन् । यही भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो ।

उनी आज मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताए ।

बेपत्ता भएका सिंह बगाएको ठाउँदेखि करिब एक किलोमिटर टाढा गडखेतमा मृत भेटिएका हुन् । उनको शव परीक्षणका लागि कोल्टी अस्पताल ल्याइँदै छ ।