राजनीतिक विश्लेषक प्रकाश रायमाझीले राष्ट्रिय विपत्तिका बेला सरकारको कार्यशैली ठीक नभएको भन्दै प्रश्न उठाउनु भएको छ । उहाँले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित हुँदा प्रधानमन्त्रीको अनुपस्थित भए पछि सरकार प्रति प्रश्न उठाउनु भएको हो ।
विपत्तिको समयमा सरकारी कार्यालय र कर्मचारीलाई सक्रिय राख्नुपर्नेमा चार दिन सार्वजनिक बिदा दिइएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । सामाजिक सञ्जालमार्फत रायमाझीले राज्यका तीनै अंग संकटका बेला अझ सक्रिय हुनुपर्ने उल्लेख गर्दै सरकारको प्राथमिकता माथी प्रश्न गर्नु भएको हो ।
संवेदनशीलतामाथि सरकार गम्भिर नभएको रायमाझीको आरोप रहेको छ । उहाँले व्यंग्यात्मक रूपमा,“मुलुक आला काँचाको हातमा परेकै हो ? होइन भने यस्तो बेला किन सरकार उदासिन बनेको भन्दै टिप्पणीको अन्त्यमा “सबैलाई चेतना भया” लेख्नु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया