कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै

12 Shares

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको समितिका सदस्यसचिव राजु कटुवालले बताउनुभएकाे हाे। बैठकमा निर्वाचन सम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुने उहाँको भनाइ छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको थियाे।