ओलीद्वारा बालेन शाहलाई बधाई, सफल कार्यकालको कामना

133 Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले झापा–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह लाई बधाई दिएका छन्।

आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै आगामी पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना व्यक्त गरेका हुन्।

सामाजिक सञ्जाल Facebook मार्फत उनले लेखेका छन्, “बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।”

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिका को मेयर पदमा निर्वाचित भएपछि ओलीले बालेनलाई तबला उपहार दिएका थिए। आज सोही तस्बिर फेसबुकमा राख्दै ओलीले उनलाई पुनः शुभकामना दिएका हुन्।