काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्।
ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप ज्ञवाली ले १५ हजार १८१ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी ले १३ हजार ५०५ मत ल्याएका छन्। नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बराल ले ३ हजार १६७ मत र राष्ट्रिय जनमोर्चाका शेरबहादुर थापा ले ६७१ मत प्राप्त गरेका छन्।
विजय पछि प्रतिक्रिया दिँदै ढकालले आफ्नो जितलाई व्यक्तिगत उपलब्धि नभई शहीदहरूको बलिदानको परिणाम भएको बताएका छन्। उनले भने, “यो जित हाम्रो होइन, ७६ जना शहीदहरूको हो। हामी खुसी साट्न होइन, काम गर्न आएका हौं।”
ढकालले समर्थकहरूलाई फूलमाला लगाएर स्वागत नगर्न आग्रह गर्दै भने, “फूलमाला हामीलाई होइन, शहीदलाई लगाउने हो। हामी यहाँ उत्सव मनाउन होइन, काम गर्न आएका हौं।”
विजयको अवसरमा ढकालले चिदिचौर मा रहेको शहीद शमशेरबहादुर खत्री को शालिकमा फूलमाला अर्पण गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया