164
Shares
काठमाडाैं । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्।
चन्दले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नर नारायण शाह ले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्।
यसैगरी पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले ले ७ हजार ८ सय ७६ मत ल्याउँदै तेस्रो स्थानमा सीमित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दलाई औपचारिक रूपमा विजयी घोषणा गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया