124
Shares
काठमाडाैं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्।
प्रतिनिधिसभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेत लाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका कबीर राना ले ८ हजार ३०५ मत प्राप्त गरेका छन्।
यसअघि भक्तपुर क्षेत्र नम्बर १ मा पनि रास्वपाकै उम्मेदवार विजयी भइसकेका छन्। यससँगै भक्तपुरका दुवै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया