परराष्ट्र मन्त्रालयले अनलाइन ठगीबाट नेपाली नागरिकलाई बचाउन सचेत रहन आग्रह

143 Shares

काठमाडाैं । परराष्ट्र मन्त्रालय ले दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा बढ्दो ‘अनलाइन स्क्यामिङ’ (ठगी) बाट नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव प्रकाश अधिकारी का अनुसार, बेरोजगारीको फाइदा उठाउँदै गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनाम मा पुर्याउँदै अनलाइन ठगीमा संलग्न गराउने गरेको छ।

स्क्यामिङको प्रकृति

  • आकर्षक तलब र सुविधा देखाएर अनलाइन बेटिङ, क्यासिनो, गेमिङ, फिसिङ र क्रिप्टो ठगीमा संलग्न गराउने।

  • निश्चित कार्य लक्ष्य तोकेर पूरा गरे पारिश्रमिक, नभए शारीरिक र मानसिक यातना।

  • राहदानी खोस्ने, शारीरिक वन्धक बनाउने, काम पूरा नभए अन्य उपायले पिरोल्ने।

उद्धार प्रयास

  • थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदूतावासमार्फत सक्रिय पहल।

  • हालसम्म ३९२ जना नेपाली उद्धार गरी स्वदेश फर्काइएका छन्।

  • ३०९ जना उद्धार प्रक्रियामा, ३० जना म्यानमारमा पर्खाइमा, १८ जना गैरकानूनी प्रवेशका कारण जेल सजाय भोगिरहेका।

  • कम्बोडियामा मात्रै २४८ जना पर्खाइमा।

लक्षित समूह

  • २०–२५ वर्ष उमेर समूहका कम्प्युटर र अंग्रेजी भाषाको ज्ञान भएका युवा।

  • अधिकांश पीडित गाउँघरका आफन्त वा चिनजानबाट स्क्यामिङ सेन्टरमा पुगेका।

सरकारको पहल

  • सम्बन्धित देशका सरकारी निकायसँग समन्वय गरी अपराध निरुत्साहित गर्ने कूटनीतिक प्रयास।

  • ५ वटा ट्राभल एडभाइजरी र १२ वटा विज्ञप्ति जारी।

  • युवालाई वैदेशिक रोजगारीको नाममा हुने अनलाइन ठगी र साइबर दासताबाट जोगिन विशेष सचेत रहन सरकारको आग्रह।

परराष्ट्र मन्त्रालयले सचेत रहँदा मात्र युवा नेपाली अनलाइन ठगीको शिकार हुनबाट बच्न सक्ने बताएको छ।