पूर्वराष्ट्रपति भण्डारीले आमाबाट ग्रहण गरिन् जमरा, छोरी–ज्वाइँलाई लगाइदिइन् टीका

11 Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन् ।

यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी–ज्वाइँलाई टीका प्रदान गरिन् ।

उनले बालुवाटारस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए