समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीयः मन्त्री खरेल

160 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय रहेको बताएका छन् । सोमवार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधनमा उनले यस्तो बताएका हुन् । समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ । उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्याउन चलचित्र विकास बोर्डलाई आग्रह पनि गरेका छन् । चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताएका छन् ।  उनले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिएका छन् ।