काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सधैं सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउनुभएको छ।
किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको उल्लेख गर्दै उहाँले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू आन्दोलनमा होमिएको बताउनुभयो। देशमा परिवर्तनका लागि संघर्ष गरेको स्मरण गर्दै उहाँले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छोडेको दाबी गर्नुभयो।
नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भए पनि त्यसलाई सहन नसक्ने शक्तिहरूले पार्टी फुटाएको उहाँको गुनासो छ। आफूलाई लाग्ने ‘जिद्दी’ आरोपबारे स्पष्ट पार्दै अध्यक्ष ओलीले गलत वा नराम्रो कुरामा कहिल्यै जिद्दी नगर्ने बताउनुभयो।
संघर्षशील जीवन सहज र रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सधैं सुखद हुने उहाँको तर्क छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया