काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन्।
निर्वाचन स्थगित गर्न अझै विभिन्न प्रयास भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए। निर्वाचन तयारीमा राज्य र उम्मेदवार दुवैको ठूलो रकम खर्च भइसकेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए।
उनले चुनाव हुनुपर्छ भन्ने पक्षमा आफूहरू स्पष्ट रहेको बताउँदै चुनाव स्थगित भए पनि एमाले चुनावी तयारीमा निरन्तर लागिरहने बताए। विगत ६ महिनासम्म चुनाव सुनिश्चित गर्न प्रयास गर्दा चासो नदिइएको तर अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको उनको भनाइ छ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै आधार कमजोर भएको ‘जोडजामवाला पार्टी’ चर्को रूपमा प्रस्तुत भएको टिप्पणी पनि गरे। निर्वाचन नजित्ने देखेपछि झण्डा जलाउने, वातावरण बिथोल्ने र विवाद सिर्जना गर्ने गतिविधि बढेको आरोप उनले लगाए।
फेसबुकबाट तपाईको प्रतिक्रिया