रास्वपाको सुर्खेतमा चुनावी सभा आज, वाचापत्र सार्वजनिक गरिने

128 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सुर्खेत मा चुनावी सभाको आयोजना गर्दैछ।

रास्वपाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतबाट पार्टीको चुनावी वाचापत्र सार्वजनिक गर्ने जनाएको छ।

सुर्खेतको घण्टाघर चोकमा बिहीबार मध्याह्न १२ बजेदेखि हुने सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।