काठमाडौं । नेपाली काँग्रेस ले आगामी निर्वाचनलाई लक्षित गर्दै १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।
जनकपुरधाम मा आयोजित चुनावी सभाबाट पार्टी सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा ले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो।
प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्न पाउने, सपना देख्न सक्ने, रोजगारी र सम्पत्ति सृजना प्रोत्साहन गर्ने, सबैलाई खाद्य सुरक्षा सुनिश्चित गर्ने, स्वास्थ्य र आवासको ग्यारेन्टी गर्ने लगायतका विषय समेटिएका छन्।
यस्तै, उच्च शिक्षामा सहज पहुँच, विधिको शासन सुदृढ गर्ने, मौलिक संस्कृतिसँगै आधुनिक प्रविधिको विकास गर्ने, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित राष्ट्र निर्माण गर्ने तथा आर्थिक समृद्धितर्फ अघि बढ्ने लक्ष्य पनि प्रतिज्ञापत्रमा समावेश गरिएको छ।
सभाबाट घोषणापत्र सार्वजनिक भए पनि ललितपुर को सानेपास्थित पार्टी मुख्यालयबाट प्रवक्ता देवराज चालिसे ले प्रतिज्ञापत्रका मुख्य बुँदाहरू सार्वजनिक गर्नुभएको थियो।
पार्टीले सार्वजनिक गरेको ‘मधेस–देश’ प्रतिज्ञामा नागरिकको सम्मानजनक जीवन, शिक्षा र स्वास्थ्यको सुनिश्चितता, किसानलाई उत्पादन र निर्यातमा सक्षम बनाउने, सूचना प्रविधि विकास, प्रशासनिक झन्झट अन्त्य तथा कानुनको समान कार्यान्वयन जस्ता लक्ष्य राखिएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया