नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले पपुलिस्ट शक्तिहरूले देशको भार थेग्न नसक्ने बताउनुभएको छ।
काठमाडौं मा आयोजित कार्यक्रममा बोल्दै उहाँले पपुलिस्ट शक्तिहरू सत्तामा पुगे देशले त्यसको भार थेग्न नसक्ने दाबी गर्नुभयो। देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने उहाँको भनाइ थियो।
उहाँले अहिले देशलाई पपुलिस्ट शक्तिबाट जोगाउनु चुनौतीपूर्ण रहेको पनि बताउनुभयो। नेपाललाई अहिले सुधार आवश्यक रहेको उल्लेख गर्दै आफूहरू सुधारको ग्यारेन्टीसहित उभिएको र अबको पाँच वर्ष खेर नफाल्ने गरी योजना र संकल्पसहित अघि बढेको उहाँले जिकिर गर्नुभयो।
नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको स्वीकार गर्दै उहाँले देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको पनि बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया