125
Shares
ममता शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गर्नुभएको छ।
बुधबार आयोजित प्रतिज्ञा सभामार्फत उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको हो। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा ले उहाँलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
प्रतिज्ञा सभालाई सम्बोधन गर्दै शर्माले रास्वपा पुरानो काँग्रेस जस्तै भइसकेको टिप्पणी गर्नुभयो। उहाँले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिका आधारमा काँग्रेस नयाँ र थप सुदृढ भएर अघि बढेको जिकिर गर्नुभयो।
उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चयनमा आर्थिक चलखेल भएको आरोप लगाउँदै बुधबार बिहान मात्रै साधारण सदस्य समेत नरहने गरी रास्वपा परित्याग गर्नुभएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया