काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै सो मितिमा वाचापत्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
यसअघि निर्वाचन आयोग नेपाल ले सबै राजनीतिक दललाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न सूचना जारी गरेको थियो।
हालसम्म प्रमुख दलमध्ये नेपाल कम्युनिस्ट पार्टी र जसपा नेपाल ले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ले शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ भने नेपाली कांग्रेस र नेकपा एमाले ले पनि फागुन ३ गते नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया