राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा पुगे

160 Shares

काठमाडौं । काठमाडौं बाट चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्याङ्जा पुगेका छन्।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई ‘नयाँ विकल्प’ को परीक्षा भएको बताएका छन्। ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ भन्दै उनले यसपटक मतदातालाई पाँच वर्ष पार्टीलाई परीक्षण गरेर हेर्न आग्रह गरेका छन्।

चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा लामिछानेले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर भेटघाट गरेका छन्। उनले स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई पनि सम्बोधन गरेका छन्।

उनले फागुन २१ को निर्वाचन अघिल्लाजस्तो परम्परागत प्रतिस्पर्धा मात्र नभई नयाँ विकल्पको परीक्षा भएको उल्लेख गरे। आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने समय भएकाले सोचेर निर्णय गर्न मतदातालाई आह्वान गरेका छन्।

स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेका छन्। रास्वपाले क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रे लाई उम्मेदवार बनाएको छ।