राष्ट्रियसभा चालु अधिवेशन अन्त्य

164 Shares

काठमाडौं । राष्ट्रियसभा चालु अधिवेशन फागुन १ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२–१०–२६ को सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिबाट जारी विज्ञप्तिमा सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरिएको उल्लेख छ।

यससँगै अब नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधिसभा र नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरू सहभागी हुने गरी दुवै सदनको बैठक आगामी अधिवेशनमा बस्ने संसद सचिवालयले जनाएको छnote-5-scaled.webp