काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मतदाताले हसिया–हथौडा चिन्ह खोजिरहेको दाबी गर्नुभएको छ ।
पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूहरू तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिए पनि जनताले भने हसिया–हथौडा नै खोजिरहेको बताउनुभयो । त्यसैले मतदातामाझ तारा चिन्ह चिनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।
केही व्यक्तिहरूले निर्वाचन नहुने भन्दै भ्रम फैलाइरहेको उल्लेख गर्दै दाहालले चुनाव हुने विषयमा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभयो ।
नेकपा एमालेप्रति संकेत गर्दै उहाँले “सूर्यभन्दा तारा धेरै माथि हुन्छ” भन्दै आफ्नो चुनाव चिन्ह नै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।
फेक न्युजका कारण समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई सामना गर्न आईटी कार्यालय नै खडा गरेर चुनावी अभियानलाई अगाडि बढाइएको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया