काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद डा. वेदुराम भुसालले राष्ट्रिय सभाले हालसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानकहरू विकास गर्नुपर्ने सुझाव दिनुभएको छ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँका रूपमा सीमित नभई छुट्टै पहिचानसहित एक प्रभुत्वशाली सभाका रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो।
डा. भुसालले राष्ट्रिय सभाले आफ्नो संवैधानिक भूमिका र जिम्मेवारीअनुसार स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्नुपर्ने उल्लेख गर्दै हालसम्म हासिल गरिएका सकारात्मक अभ्यासलाई आगामी दिनमा पनि कायम राख्न आग्रह गर्नुभयो। साथै सभाले थप असल परम्परा र मानकहरू स्थापना गर्दै संस्थागत सुदृढता बढाउनुपर्ने उहाँको धारणा छ।
बिदाइ सम्बोधनका क्रममा उहाँले आफ्नो कार्यकालभर मुलुक र जनतासँग सरोकार राख्ने विभिन्न समस्याहरू संसदमा प्रभावकारी रूपमा उठाउन सफल भएको दाबी पनि गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया