नेकपा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी

158 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टीले उनलाई जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएको आरोप लगाउँदै प्रदेशसभा सदस्य पदबाट हटाउने तयारी गरेको जनाएको छ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण पेश गर्न पत्र पठाएका थिए। माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको भए पनि शर्मा हालसम्म कुनै जवाफ नदिएको पार्टी स्रोतले जनाएका छन्।

पार्टीले जानकारी गराएको छ कि, शर्मा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको आरोपमा पार्टी सदस्य तथा संसदीय दलको सदस्यबाट किन हटाउन नहुने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको हो।

राजकुमार शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पार्टी भित्रको अनुशासन उल्लंघन सम्बन्धी कारबाहीले कर्णाली प्रदेशको राजनीतिक स्थिरतामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।