श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाको प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट

167 Shares

काठमाडौं । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुवै पक्षले नेपाल–श्रीलंका द्विपक्षीय सम्बन्ध र साझा हितका विविध विषयहरूमा विचार आदानप्रदान गरेका छन्।

प्रधानमन्त्री कार्कीले राजदूत डेल्पिटियालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो। राजदूत डेल्पिटियाले हालै मात्र नेपालमा आफ्नो पदभार सम्हाल्नुभएको हो। उहाँले यसअघि श्रीलंकाको विदेश मन्त्रालयमा पूर्वी एशिया तथा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य विभागको महानिर्देशक र बंगलादेशमा उप–उच्चायुक्तको रूपमा काम गर्नुभएको अनुभव छ।

यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।