प्रचण्ड नेतृत्वको नेकपा कम्युनिष्ट आन्दोलनको ‘कुरुप चित्र’ : विप्लव

208 Shares

काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आन्दोलनको “कुरुप चित्र” भएको टिप्पणी गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो पार्टीको केन्द्रीय समितिको ठूलो आकारकै कारण सिंगो कम्युनिष्ट आन्दोलन बद्नाम भएको जिकिर गर्नुभयो। उहाँले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्ने सहमतिबाट पछि हटेर प्रचण्डले छुट्टै पार्टी बनाएको आरोप पनि लगाउनुभयो।

“धेरै मानिस जम्मा गरेर मात्रै कम्युनिष्ट ठूलो हुन्छ भन्ने सोच राख्नेहरूसँग हाम्रो एकता हुन सक्दैन,” विप्लवको भनाइ उद्धृत गर्दै कार्यक्रममा बताइएको थियो।

उहाँले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफू देशव्यापी प्रचार अभियानमा निस्कने जानकारी समेत दिनुभयो।