रास्वपा नेता बालेन शाह कैलालीमा, उम्मेदवारसँग भेटघाट

160 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्। कैलाली भ्रमणका क्रममा उनले पार्टीका प्रतिनिधिसभा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभकामना आदान–प्रदान गरेका छन्।

शाहले कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार कोमल ज्ञवाली, क्षेत्र नम्बर २ का केपी खनाल, क्षेत्र नम्बर ३ का जगतप्रसाद जोशी, क्षेत्र नम्बर ४ का खेमराज कोइराला र क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगेर उम्मेदवार तथा कार्यकर्तासँग छलफल गरेका हुन्।

भेटघाटका क्रममा उनले चुनावी तयारी, स्थानीय जनचासोका विषय र पार्टीको अभियानबारे कुराकानी गरेको बताइएको छ।