एमालेले काठमाडौं–५ बाट ईश्वर पोखरेललाई नै उम्मेदवार बनायो

156 Shares

काठमाडाैं । नेकपा एमालेले काठमाडौं–५ निर्वाचन क्षेत्रबाट ईश्वर पोखरेललाई नै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।

काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार पोखरेललाई टिकट दिइसकिएको छ र अब उनी सोही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। “अब उहाँले नै चुनाव लड्नुहुने भएको छ, टिकट पाउनुभएको छ,” निरौलाले बताए।

यसअघि शनिबार बसेको एमाले सचिवालय बैठकले काठमाडौं–५ को उम्मेदवारबारे औपचारिक निर्णय नगरेको बताइए पनि पार्टीले पछिल्लो समय पोखरेलको टिकट सुनिश्चित गरेको हो।

यसैबीच, काठमाडौं–९ बाट अजय क्रान्तिलाई टिकट दिइएको छ भने काठमाडौं–४ को उम्मेदवार भने अझै टुंगिएको छैन।