163
Shares
काठमाडाैं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १५ हिमाली जिल्लाका उम्मेदवार टुंग्याएको छ। यद्यपि सबै जिल्लाका उम्मेदवारको नाम भने सार्वजनिक भइसकेको छैन।
पार्टी स्रोतका अनुसार त्रिपक्षीय कार्यदलको सिफारिसअनुसार मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन र डोल्पामा कर्ण बुढा लाई उम्मेदवार बनाउने प्रक्रिया अघि बढाइएको छ।
उक्त सिफारिसलाई आज दिउँसो ४ बजे बस्ने संसदीय बोर्डको बैठकले औपचारिक रूपमा अनुमोदन गर्ने तयारी रहेको जनाइएको छ। बोर्डको निर्णयपछि बाँकी हिमाली जिल्लाका उम्मेदवारको नाम पनि क्रमशः सार्वजनिक गरिने कांग्रेस नेताहरूले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया