तल्लो अरुणबाट २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य

26 Shares


६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजनाको विद्युत उत्पादन मिति सार्वजनिक गरेको हो । प्रधानमन्त्री बालेन्द्र साहको मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हृमराज अर्यालका अनुसार आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ । आयोजनाको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको एउटा प्याकेजको ठेक्का आह्वानसमेत भइसकेको छ । निर्धारित समयमै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाइने सरकारले जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

निर्माण तथा परामर्श सेवासम्बन्धी २३ वटा सार्वजनिक निकायलाई रायपरामर्श उपलब्ध गराइएको र सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।