काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ। आजको खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो। पहिलो क्वालिफायर जित्दै लुम्बिनी लायन्सले भने यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
यता, चितवन राइनोजले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। जितसँगै चितवनले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
अब आज हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै फाइनलमा पुग्नु हुनेछ। आजको खेलमा विजयी हुने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
पराजित हुने टोलीको भने एनपीएलको यस संस्करणमा यात्रा समाप्त हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया