भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

12 Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीलाई केन्द्रमा राखेर भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । भ्रमणका क्रममा उनले आजैदेखि उच्चस्तरीय भेटघाट सुरु गर्ने कार्यक्रम रहेको छ ।

निर्धारित कार्यतालिकाअनुसार मिश्रीले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गर्नेछन् । भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका साथै नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमण पूरा गरी मिश्री भोलि (कात्तिक १९) गते नयाँदिल्ली फर्किने कार्यक्रम छ ।