एकैदिन ८ हजारभन्दा बढीले घट्यो सुनको भाउ

12 Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन प्रतितोला ८ हजार ३ सय रुपैयाँ घटेपछि सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

यसअघि गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो। उक्त मूल्य हालसम्मकै उच्च कारोबार मूल्य हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।