15
Shares
काभ्रे । काभ्रेको रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि बीपी राजमार्गमा यातायात सेवा ठप्प भएको छ।
रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसी क्षेत्रमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन तत्काल कठिन देखिएको छ। वर्षा नरोकिएसम्म सडक खुलाउन समस्या हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि राजमार्गको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया