चक्रवात ‘अर्नब’को प्रभावः देशभर वर्षा र हिमपातको सम्भावना

8 Shares

काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपात हुन सक्नेछ।

शुक्रबार पनि देशभर मौसम बदली रहने र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।