युक्रेनको ड्निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको मृत्यु

46 Shares

युक्रेनको ड्निप्रो सहरस्थित मुख्य रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । बिहीबार (अक्टोबर २९) यात्रुहरू रेल चढ्ने प्रतीक्षामा रहेका बेला भएको आक्रमणमा अन्य १४ जना घाइते भएका छन् ।

जापोरिजिया सहरतर्फ जान लागेको यात्रुवाहक रेल प्लेटफर्ममा रहेका बेला तीव्र गतिमा आएको रुसी ड्रोनले आक्रमण गरेको थियो । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारण नागरिकलाई लक्षित गरी आक्रमण गरिएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग रुसमाथि दबाब बढाउन आग्रह गरेका छन् ।

युक्रेनी अधिकारीहरूले उक्त आक्रमणलाई नागरिकमाथिको गम्भीर हमला बताएका छन् । ड्निप्रो सहरमा आक्रमणमा मारिएकाहरूको सम्झनामा अक्टोबर ३० मा शोक दिवस घोषणा गरिएको छ । घटनाबारे अन्तर्राष्ट्रिय समुदायले पनि चासो व्यक्त गरेको छ ।