एनपीएलमा आज खेल नहुने, शनिबार दुई खेल हुँदै

8 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अन्तर्गत आज शुक्रबार कुनै पनि खेल हुने छैनन्। प्रतियोगिताअन्तर्गत शनिबार भने दुई खेल आयोजना हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

शनिबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा साँझ ५ बजे सुरु हुने तालिका छ।