काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ ।
खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान गर्ने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् ।
यसले खेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिने कम्पनीको विश्वास छ ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया