नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना

14 Shares

काठमाडौं । बडादसैँको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

विभिन्न धार्मिक ग्रन्थमा चन्द्रमाको आकारको घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा भएको उल्लेख छ ।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।