सोमबार सुनचाँदी दुवैको मूल्य बढ्यो

10 Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्यमा ८ हजार ३ सय रुपैयाँको गिरावट आएको थियो । आइतबार प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ७० रुपैयाँले उकालो लागेको छ । आइतबार ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर प्रतितोला ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।